d

माथिल्लो किश्ने घाट समुदायलाई हस्तान्तरण 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादह नगरपालिकामा वडा नम्बर १ स्थित किश्ने सवदाह स्थल समुदायलाई हस्तान्तरण गरिएको छ। पहिलो चरणको निर्माण सम्पन्न भए लगत्तै उक्त घाटलाई समुदायमा हस्तान्तरण गरिएको हो।  सवदाह स्थलमा एक विश्राम स्थल चौतारा, एक विश्राम चौतारो र सवदाह गृह निर्माण गरिएको र आज बाट औपचारिक रुपमा माथिल्लो घाट व्यवस्थापन समिति गठन गरि समुदायको जिम्मेवारीमा छोडिएको वडाध्यक्ष नगेन्द्र भण्डारीले बताए।  

No description available.

 

उक्त अवसरमा कमल गाउँ पालिका वडा नम्बर १ निवासी हरिमाया लोहनीले निशुल्क रुपमा करिव अढाई कठ्ठा जमिन उपलब्ध गराएपछि गौरादह १ निवासी सामाजसेवी व्यक्तित्व कर्ण बहादुर कटवालले करिव ११ लाख लागतमा विश्राम स्थल निर्माण गरिदिनु भएको जानकारी गराइएको थियो।  त्यस्तै विश्राम स्थल नजिकै रहेको मलामी चौताराको निर्माण गौरादह १ निवासी खड्ग थापाले आफ्ना दिवंगत पिताको स्मृतिमा निर्माण गरिदिनु भएको बताइएको थियो।

 

No description available.

 

सवदाह गृह भने नगरपालिकाको छ लाखको आर्थिक सहयोगमा निर्माण भएको छ।  

हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष भण्डारीले भने, 'सवदाह स्थलमा अझै धेरै निर्माण कार्य वाँकी छ, माटो पुराई, पानि निकास प्रवन्ध, सडक inनदि तद्बन्धन, मन्दिर निर्माण, सवदाह गृहमा मोटर जडान गरि पानी व्यवस्थापन, हरियाली पार्क निर्माण गर्ने योजना रहेको छ।  यसलाई पनि निरन्तर रुपमा अगाडी बढाइने छ। '

प्रमुख अतिथिको रुपमा संछिप्त मन्तब्य राख्दै नगर प्रमुख छत्रपति सुवेदीले नगर भित्र रहेका हरेक घाटहरलाई स्तरोनत्ती र निर्माणका काम हरु निरन्तर रुपमा चलिरहेका बताउनुभयो ।   घाट निर्माण गरेर मात्र भएन सार्वजनिक सम्पत्तीको संरक्षण हुनु पनि उतिकै जरुरी छ भन्दै वहाँले निर्माण भएका संरचनाहरु लाई संरक्षण गर्न समुदायले निरन्तर रुपमा हेरविचार गरिराख्नु पर्ने र गठित व्यवस्थापन समितिले समेत आफ्नो  जिम्मेवारीलाई सक्रियतापूर्वक निर्वाह गर्न आग्रह गर्नु भयो।  

 

No description available.

 

घाटमा निर्माण गर्न आर्थिक सहयोग प्रदान गर्ने दाताहरुको उच्च प्रसंसा गर्दै वहाँले घाट निर्माण गरेर मात्र पुग्दैन, काजक्रिया गर्ने सुविधायुक्त भवनको समेत आवश्यकता रहेकोले व्यवस्थापन समितिले प्रस्तावना लिएर आए  नगरपालिकाले सहयोग प्रदान गर्ने समेत जानकारी गराउनु भयो।  
  
नगर प्रमुख छत्रपति सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न औपचारिक कार्यक्रममा वडाध्यक्ष नगेन्द्र भण्डारी, निर्माण समिति अध्यक्ष खड्ग थापा, जग्गादाताहरु हरिमाया लोहनी , ज्ञानेन्द्र लोहनी तथा कर्ण बहादुर कटुवाल लगायत स्थानियवासी, व्यवसायी लगायत सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो।    

No description available.

 घाट व्यवस्थापन समिति गठन 

सोहि अवसरमा घाटलाई थप व्यवस्थित गर्दै दिर्घकालिन सोचका साथ संचालन गर्नका लागि टंक बहादुर कार्कीको अध्यक्षतामा माथिल्लो घाट व्यवस्थापन तदर्थ समिति समेत गठन गरिएको छ।  उक्त समितिले घाटलाई संरक्षण गर्ने  बिधान निर्माण गर्ने र संस्थालाई  प्रक्रियागत ढंगले दर्ता गराउने लगायतका कार्यको जिम्मेवारी प्रदान गरिएको छ।  नव गठित समितिको संरक्षकमा वडाध्यक्ष नगन्द्र भण्डारी र समाजसेवी कर्ण बहादुर कटुवाल रहने निर्माण समितिका संयोजक खड्ग थापाले बताए।  

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

  
 

Views: