d

अचानक बन्द भयो गौरादह फुड फेस्टिबल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

लक्ष्मीप्रसाद अधिकारी

झापा: झापाको गौरादहमा गत चैत २८ देखि डिपुचोकमा शुरु भएको फुड फेस्टिबल स्थगित गरिएको छ । ९ दिन सम्म आयोजना गर्ने भनिएको फेस्टिबललाई ४ दिन थप गरि बैशाख १३ सम्म निरन्तरता दिने भनिएता पनि विभिन्न कठिनाइका कारण स्थगित गर्नुपरेको आयोजक संस्था लायन्स क्लब अफ गौरादहले जनाएको हो । 

संस्थाका सचिव राजु घिमिरेका अनुसार फेस्टिबलले भने जस्तो मुनाफा दिन नसकेको तथा साँझपख हुने वर्षाका कारण पनि कार्यक्रम संचालनमा समस्या भएकोले निर्धारित मिति भन्दा अगाडी नै कार्यक्रम स्थगित गर्नुपरेको छ । 

घिमिरे भन्छन्, 'हामीले चिल्ड्रेन पार्क निर्माण सहयोगार्थ फेस्टिबल संचालन गरेका थियौँ । फेस्टिबललाई व्यवस्थित गर्न समीर नेपालको टिम सँग सम्झौता समेत गरियो । सम्झौता अनुसार हामीले प्राप्त गर्ने ३ लाख ५० हजार नगद थियो । भने जस्तो र सोचे जस्तो गरि फेस्टिबल संचालन गर्न पनि सकिएन, विविध कठिनाइले गर्दा बन्द गर्न बाध्य भएका छौँ  ।'

आयोजक सँस्थाले विज्ञप्ति नै जारी गरेर कार्यक्रम स्थगन गरिएको बताएको छ । 

 

Views: