d

युवा आत्मादाह, युवा जागरण अनि हाम्रो अभियान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

 

बहुराष्ट्रिय कम्पनी NCELLले राज्यलाई ७२ अर्ब करछलि गरे पछि हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा जनताहरुले जनकारबाही,लगायतका कारबाही गरे ।  तत्पश्चात दलाल हरुको संरक्षक यो राज्यसत्ताले हाम्रो पार्टी माथी प्रतिबन्ध लगायो। जुन सरकारले हामि माथि  प्रतिबन्ध लगाएको थियो, जनताको दबाब लाई थाम्न नसकी २ बर्ष पछि ३ बुँदे सहमति गर्दै प्रतिबन्द फुकुवा भयो,  प्रतिबन्ध ताका आम जनतामा प्रत्यक्ष पुग्ने परिस्थिति थिएन,  प्रतिबन्धको फुकुवा पछि तत्कालीन मेचिकोशी ब्युरो सचिब सुमन सिंहको पहलमा नेपाल कम्युनिष्ट पार्टी झापाले आम जनता पार्टीलाई पुर्याउनको लागि युवा संगठन नेपाल झापाको आयोजनामा एक महिने युवा जागरण अभियान जिल्लाव्यापी  रुपमा चलायो।

सो अभियानको नेतृत्व युवा संगठन नेपाल झापाको का.वा. अध्यक्ष भएको हैसियतले मैले गरेको थिँए। उक्त अभियान केही मुख्य लक्ष्य हरु थिए। जुन विषय यहाँ उल्लेख गर्न सान्दर्भिक ठानेको छु । 

#पैलो दलाल एकाधिकार पुँजीवादी अर्थव्यवस्थाले देशको आर्थिक अवस्थामा पार्दै गएको संकट जसमा मध्यम वर्गीय व्यवसायीको अवस्था छिट्टै धरासायी हुने हाम्रो पार्टीको बिश्लेषण।

#दोश्रो:  किशोराबस्थाका युवाहरुमा लागू औषध प्रतिको आकर्षण

#तेश्रो:  गाउँ गाउँमा लघुवित्त, मिटर ब्याजिले आंशिक रुपमा आम जनतालाई सताएको थियो। फेरि पनि विशेषगरी युवाहरु लागू औषधको सिकार बन्दै गएको विषयमा  हाम्रो संगठनको मुख्य चिन्ता थियो भने उनिहरुमा राजनैतिक चेत भर्दै संगठित गर्ने उद्देश्य पनि। 


अभियान सफल रुपमा केही हप्ता बित्त्दै गर्दा कोभिडका कारण स्थगित भयो।अभियानको क्रममा भुमिहिनी सुकुम्बासीहरु, जिल्लाका मुख्य बजारका उद्योगि व्यवसायीहरु, किसान हरुसँग  दैनिक रुपमा अन्तरकृया हुन्थ्यो ।

 राज्यको ८०/८५ प्रतिशत  पुँजिको हिस्सा केही थान दलाल पुँजिबादका एजेन्ट सँग छ, र सम्पुर्ण व्यापार व्यवसाय उनिहरुकै नियन्त्रणमा छ, र त्यही वर्ग राज्यको नेतृत्व गर्ने ठाँउमा छ,  जसको कारण निकट भविस्यमा मध्यम वर्गीय व्यवसायी धरासायी बन्नेछन भन्ने हाम्रो तर्क थियो, केही व्यवसायीले हामिलाई सहमत जनाए,कतिपय भने बिप्लपको नाम सुन्ने वित्तिकै  तर्सने पनि भेटिए । कोहि यहि राज्यसत्ताको मारमा निरिह बने।

मुख्यत:जबसम्म सम्पुर्ण साना तथा मझौला व्यवसायीले यो दलाल एकाधिकार पुँजिवादि अर्थव्यवस्थाको विरुद्धमा मोर्चाबन्दी भएर बिद्रोह गरि समाजबादी अर्थव्यवस्था ल्याउने आँट गर्दैनन्  तबसम्म राज्यले प्रत्येक हप्ता, महिना एक प्रेमप्रसाद गुमाउने निश्चित देखिन्छ।

 बिज्ञान साम्यबादी
नेपाल कम्युनिष्ट पार्टी झापा

Views: