d

कचनकवलमा आत्महत्या न्यूनीकरण सम्बन्धि मनोपरामर्श कार्यक्रम

Views:
Responsive Image Gallery
Responsive Image Gallery


विर्तामोड: झापाको कचनकवल गाउँपालिका वडा नम्बर ३ मा तनाव व्यवस्थापन सम्बन्धि एकदिने मनोपरामर्श कार्यक्रम सम्पन्न भएको छ । नमस्ते टेक्निकल ईन्स्टिच्युट बिर्तामोडको  प्राविधिक सहयोगमा कचनकवल ३ स्थित राजवंशी समाज विकास समितिको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको हो । 

कार्यक्रममा मनमोहन अस्पताल बिर्तामोडका मनोचिकित्सक डा. दिनेश कुमार पौडेल र लाइफलाइन अस्पताल दमकमा सेवारत डा. स्वेता भण्डारीले सहजीकरण गरेका थिए । 

कार्यक्रममा स्थानीय बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु र स्थानीय जनप्रतिनिधि तथा शिक्षकहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेकोे थियो ।

कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै नमस्ते टेक्निकल ईन्स्टिच्युटका प्रवन्ध निर्देशक डि एल राजवंशीले पछिल्लो समय कचनकवल गाउँपालिका भित्र आत्महत्याका घटनाहरु बाक्लो रूपमा घट्दै गएको परिस्थितिमा आफुले व्यक्तिगत पहलमा मनोपरामर्श कार्यक्रम आयोजना गरिएको बताए । 

कार्यक्रममा गौरादह नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दिलिप भण्डारी, पर्दाफास मिडिया प्रा. लि. का प्रवन्धक सान नेपाल, मोति मावी कचनकवलका शिक्षक छविलाल बस्नेत लगायतले शुभकामना मन्तव्य प्रदान गरेका थिए भने उपस्थित सहभागीहरु बिच अन्तरक्रियात्मक कार्यक्रम समेत संचालन गरिएको थियो ।  

कचनकवल ३ का वडाध्यक्ष ग्यास आजमोल मियाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । 

Views: