d

नक्कली प्रचण्ड बनेर दर्शकलाई पेट मिचिमिची हसाँउने गौतमलाई क्यान्सर

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापा: हरेक प्रहसनहरुमा प्रचण्ड बनेर हाँस्य प्रस्तुति दिने कलाकार घनश्याम गौतम पेटको क्यान्सर भएको पछि उपचारको लागि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भएका छन् ।

 केएमसी मेडिकल कलेजमा चेक जाँच गराउदा क्यान्सर भएको प्रमाणित भएपछि कलाकार गौतमलाई भक्तपुर क्यान्सर अस्पतालमा भर्ना गरिएको हो । 

उनलाई आन्द्राको क्यान्सर भएको र त्यसको लागि सल्यक्रिया गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् । 

सयौं नाटक, प्रहसन, टेलिश्रृंखला तथा फिल्महरुमा अभिनय गरेर दर्शकको मन जितिरहेका कलाकार गौतम लामो समय देखि पेट दुख्ने समस्या बाट ग्रस्त छन् ।  झण्डै २ महिना देखि उनलाई समस्यामा गम्भीरता थपिएको परिवारले जनाएको छ । 


झापाको गौरादह नगरपालिका वडा नम्बर ४ जोरघरेमा जन्म थलो भई गौरादहकै जनता माविमा अध्ययन गरेका हास्य कलाकार गौतम सुर्य विनायक नगरपालिका भक्तपुरका स्थायी वासिन्दा हुन् । 

कलाकार गौतमलाई क्यान्सर भएको थाहा पाएपछि शुभचिन्तकहरु उनलाई भेट्न अस्पताल मै पुगी स्वास्थ्य लाभको कामना गर्न थालेका छन् । 

Views: