d

पथरी: आँखाको संक्रमण बढेपछि रोकथामको तयारी PARDAPHAS.COM

Views:
Responsive Image Gallery
Responsive Image Gallery

निशा दाहाल ( पथरि )। माेरङकाे पूर्वी उतरी क्षेत्रमा अाखा पाक्ने  प्रकाेप बढदै गएपछि स्वास्थ्य सर्तकता अपनाउन अपिल गरिएकाे छ ।
पथरि र आसपासका क्षेत्रमा  आँखा पाक्ने समस्या जटिल बन्दै जान थालेपछि  राेग संक्रमित क्षेत्रका  समुदायलाई  पथरी शनिश्चरे वडा नं ४ कार्यालयले यही साउन १७ गते वुधवार निशुल्क आँखा जाँच शिविर संचालन गर्न लागेकाे हाे ।
 केही दिन देखि महामारीका रूपमा फैलदै गएकाे अाखा पाक्ने राेगबाट सयाै व्यक्ती प्रभावित हुन थालेका छन ।
आफ्ना वडाबासीहरुमा समेत आँखाको संक्रमण देखिएपछि वडा न .४  ले नोबेल मेडिकल कलेज विराटनगरसंगको सहकार्यमा आँखा जाँच शिविरको आयोजना गरेकाे  वडा अध्यक्ष  लोक नाथ न्यौपानेले बताए।

पथरी र आसपासका क्षेत्रमा आँखाको समस्याले प्रकोपकै रुप लिइरहेको बताउँदै अध्यक्ष न्यौपानेले  भने,”पथरी  र वरिपरिका क्षेत्रमा आँखाको समस्याले प्रकोपको रुप लिंदै गएको देखेपछि हामीले हाम्रा वडाबासिहरुका,  लागि वडा कै आधारभुत स्वास्थ केन्द्रमै निशुल्क आँखा शिविर आयोजना गरेका हौँ ।”
   वडाबासीकाे स्वास्थ्य प्रति गम्भीर देखिएकाे वडा समितिले विभिन्न महामारीकाे प्रकाेप फैलदा यसैगरी निशुल्क स्वास्थय शिविर संचालन गर्दै अाएकाे छ ।

Views: