d

गौरादहमा श्रीकृष्ण जन्माष्टमी भब्य रूपमा मनाइदै, ४ कि. मी. पदयात्रा गरिने

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापा: झापाको गौरादहमा श्रीकृष्ण जन्माष्टमी भब्यरुपमा मनाउने तयारी गरिएको छ । 

राधा कृष्ण मन्दिर गौरादहको आयोजनामा  कृष्ण जन्मष्टमीका अवसरमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको हो । 

राधाकृष्ण मन्दिरको शुक्रवार बसेको भेलाले आगामी भदौ महिनामा पर्ने कृष्ण जन्म जन्माष्टमीको अवसरमा भदौ १४ गते देखि १९ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी उक्त पर्व भव्यताका साथ सम्पन्न गर्ने भएको छ।
 आज मन्दिर परिसरमा बसेको भेलाले डा.तिलक खनालको अध्यक्षतामा ११ सदस्यीय मूल समिति गठन गरेको छ।

समितिको उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्षमा क्रमशः खगेन्द्र कार्की, सुभास पाण्डे, प्रकाश भट्टराई र कृष्ण ढुङ्गाना रहेकाछन्।
  यसैगरी सदस्यहरुमा क्रमशः निर्मला रिमाल,हरी कार्की,हरी खड्का, मन्तोष विमली, गोविन्द कडेल र सान नेपाल रहेकाछन्।

सोही भेलाले गोपालप्रसाद काफ्लेको संयोजकत्वमा ७ सदस्यीय सल्लाहाकार समिति समेत गठन गरेको छ। समितिको सदस्यहरुमा कोमल ढुङ्गाना,नगेन्द्र भण्डारी,भूमिका बानियाँ, मोतिखर भट्टराई र रामप्रसद सुवेदी रहेकाछन्। आवश्यकता अनुसार अन्य उपसमिति मूल समितिले विस्तार गर्दै जाने अधिकार सोही समितिलाई दिएको छ।

कार्यक्रम सफल पार्नका लागि स्थानीय संघ / संस्थाहरु, बिद्यालय, रेडक्रस, नगर बाल संजाल, नगर स्काउट लगायतको टिम परिचालन गरि प्रचारप्रसारलाई तिब्र पार्दै कार्यक्रम सम्पन्न गर्नुपर्ने सहभागीहरुले सुझाव प्रदान गरेका छन् । 

राधाकृष्ण मन्दिरले हरेक वर्ष आयोजना गर्दै आएको रथ यात्रा यो पटक अझै उत्साहका साथ मनाउन लागेको संस्थाका सचिब एवम् नवघोषित मुल समारोह समितिका महासचिव सुभाष पाण्डेले बताउनु भएको छ । 

'यो वर्ष हामीले थप व्यवस्थित तरिकाले जन्माष्टमी मनाउने जमर्को गरेका छौँ । जन्माष्टमी पर्व सफलता पुर्वक सम्पन्न गर्न आजै बाट तयारी शुरु गरिएको छ । नगर भित्रका सबै मठमन्दिरहरु सँग समन्वय गरेर कार्यक्रमको खाका तयार पारिने छ।', महासचिव पाण्डेले बताउनु भयो । 

बिगतका वर्षबाट हासिल गरेको अनुभवकै आधारमा थप योजना सहित कार्यक्रम आयोजना गरिने मुल समारोह समितिका अध्यक्ष डा. तिलक खनाल बताउनु हुन्छ । डा. खनालकै अध्यक्षतामा सन २०१६ मा गौरादहमा ऐतिहासिक आध्यात्मिक साँस्कृतिक पर्यटन महोत्सवको आयोजना गरिएको थियो । मानव धर्म सेवा समितिको सत्संङ भवन निर्माण गर्ने उद्देश्यका साथ सम्पन्न गरिएको उक्त कार्यक्रममा डा. खनालकै अगुवाई र निर्देशनमा हजारौ भक्तजनको उपस्थिति गराउदै सम्पन्न गरिएको थियो । 

गतवर्ष राधाकृष्ण मन्दिर द्वारा आयोजित बृहत रथयात्रामा समेत खनालले महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै हर्सोल्लास पूर्ण तरिकाले कार्यक्रम सफल पार्न अहम भुमिका निर्वाह गर्नुभएको थियोे । 

यस्तो छ यो वर्षको कार्यक्रम तालिका

भाद्र १४ देखि मन्दिर परिसरमा जन्माष्टमी पर्वको औपचारिक सुरुवात हुनेछ । हरेक दिन साँझ भजन किर्तन टोली द्वारा भजन किर्तन आयोजना गरिने छ । झाँकी, बालन, खैंजडी, डन्डिया नृत्य, प्रहसन एवम् विभिन्न धार्मिक गुरुहरु द्वारा धार्मिक प्रवचन प्रस्तुत गरिने र भाद्र २० गते श्री कृष्ण प्राकट्य उत्सव सहित अहोरात्र विविध कार्यक्रम आयोजना हुने तथा भाद्र २१ गते बृहत रथयात्रा आयोजना गरिने मुल समारोह समितिले जनाएको छ ।  

गौरादह १ मा अवस्थित राधाकृष्ण मन्दिर स्थानीय भक्तजनको पहलमा स्थापना गरिएको पुरानो मन्दिर हो । साप्ताहिक रूपमा भजन किर्तन निरन्तर रूपमा आयोजना गर्दै आएको राधाकृष्ण मन्दिरको आर्थिक व्यवस्थापन पनि स्थानीयकै मुष्ठी दान र यथासक्य सहयोग बाटै हुनेगरेको छ । बि. सं. २०४५ मा स्थापित यस मन्दिरको निर्माणका लागि स्थानीय समाजसेवी कपिलमणी घिमिरेले जमीन दान गर्नुभएको हो । बि. सं. २०६० मा निर्माण गरिएको मन्दिरमा वडा तथा नगरले समय समयमा आर्थिक सहयोग गर्दै आएको छ । 

'नगरपालिकाको आर्थिक सहयोग र नगरकै ठेक्का प्रणालीबाट यस वर्ष सुबिधासम्पन्न सत्संङ भवन निर्माण गरिएको छ ।', मन्दिर व्यवस्थापन समितिका सचिव सुभाष पाण्डे बताउछन् । 

हाल उक्त मन्दिरको १ आश्रम कक्ष, १ सुविधाजनक सामुदायिक हल तथा जन्माष्टमीमा प्रयोग गरिने १ थान  रथ रहेको छ । बि. सं. २०७० मा महापुराण आयोजना गरेर आर्थिक अभाव पूरा गर्न प्रयास गरेको यस मन्दिरले वि. सं. २०७० देखि हरेक वर्ष नियमित रूपमा जन्माष्टमी पर्व हर्सोल्लासका साथ मनाउदै आएको छ । 

 

Views: