d

नेपालमा विचित्र छ - लक्ष्मीप्रसाद कोइराला

Views:
Responsive Image Gallery
Responsive Image Gallery


हे भगवान पशुपति तिम्रो अगाडि हेर त
के के भा छ नेपालमा विचित्र छ !

हाम्रो देशमा साँढेहरु धेरै आए धेरै गए
कसैले झन्डा उठाए कसैले डन्डा पिलाए
कसैले छामे, कसैले सुम्सुम्याए,कसैले पूजा गरे
जाली-झेलीले भात खाए,सोझा-सिधाले लात खाए
हे भगवान पशुपति तिम्रो अगाडि हेर त
के के भा छ नेपालमा विचित्र छ !

ए भगवान पशुपति ! यस्तै हो नेपालको गति ?
सतिले सरापेर भएको हो ? या विधान यस्तै हो ?
जुन सरकार आए पनि जनता निराश हुनै पर्ने हो ?
अनि साँढे मोटाउनै पर्ने के हो ? डुक्रनै पर्ने हो ?
जिन्दावाद र मुर्दावादमा मासुभात पाइयो रे
मैले सुनेको हो , यो साँचो कि झुट्टो हो ?
हे भगवान पशुपति तिम्रो अगाडि हेर त
के के भा छ नेपालमा विचित्र छ !

छोराछोरी पढ्न छोडेर हेर्छन् फिलिम
जमाना महङ्गो आयो, पैसाको चिलिम
डाक्टरहरु सर्टिफिकेट किनेका
जनताको बिराम नचिनेर झन् बिरामी पारेका
विद्यालय भो ख्याल ठट्टा
टिचरलाई आन्दोलन विद्यार्थीलाई बिदा
ए सर ! ए सर ! भाइले चिट चोर्न पाएन
रिजल्ट आयो फेल खायो भन्दै
अभिभावकले स्कूललाई थर्कायो 
हे भगवान पशुपति तिम्रो अगाडि हेर त
के के भा छ नेपालमा विचित्र छ !

श्रीमतीको सोच धन सुनको लोग्नेको सोच तेल-नूनको
वकिल केलाउँछ ऎनका बुँदा
अनि भन्छ पैसा छ भने जितिन्छ मुद्दा
बच्चाले खोज्छ युटुव,र सिनेमा
उम्रीदै तीनपात क्या देखना !
हे भगवान पशुपति तिम्रो अगाडि हेर त
के के भा छ नेपालमा विचित्र छ !

किसानलाई मलबिउ चाहियो रे लिन साझामा गाको
मन्त्रालय नै टाटउल्टिएर कक्र्याक्कुक्रुक्क परेको
सारा गाउँमा हाहाकार , कुटाकुट र मारामार
वास्ता छैन निकायलाई न भूपू राजाको सरोकार
योग्यता र विद्वत्ताको के मतलब
सर्टिफिकेट भारतका मान्छे परे पार्टीका
अब के के हुने पर्यो यी सब-सरुवा,बढुवा नियुक्ति
राजनैतिक खेल हो,नछोड भाइ हो मौका यही हो मालामाल-फालाफाल
हे भगवान पशुपति तिम्रो अगाडि हेर त
के के भा छ नेपालमा विचित्र छ !

 

लेखक तथा साहित्यकार 

लक्ष्मीप्रसाद कोइराला 

गौरादह - ४, झापा

Views: