d

धर्म र स्वतन्त्रता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

यालम्बर लाई महाभारत जस्तो ग्रन्थ मा ठाउँ दिए। त्यसले महाभारत को युद्ध इतिहासमा राजनीति पाउँछ। के भयो भन्दा शास्त्र लेख्नेले किरातेश्वर शिवलिङ्ग भनिदिए। पार्वतीले तपस्या गरेको उल्लेख गरी दिए। बाहुन वि.पी. कोइरालाले सुम्निमा उपन्यास मा सुम्निमा पात्र दिए। 
प्रसंग स्वतन्त्रताको हो।
हिन्दुमा देखिएका कृष्ण प्रणामी, वैष्णव, शैव, ॐ शान्ति, भारत का सन्त रामपाल दास का कविर जस्तै हो किरात। 
सवैलाई स्वतन्त्र धर्म दिनको लागि लिपि, भाषा, साहित्य, मिथ, लेजेण्ड सबै चाहिन्छ। कुनै महाकाव्य सफल भएर साहित्यमा विश्वास जाग्दा त्यो स्वतः धर्म बन्दछ। होमरको ग्रीस, भरजिलकोरोम, दाँते लगायतका ईसाईका चर्चा, साथै सनातनी हिन्दुका व्यास बाजेका कृति त्यहि कुराको उदाहरण हुन। 
पश्चिमी साहित्यमा उदहारण इजिप्ट हो, ग्रीसले इजिप्टबाट सिकेर स्वतन्त्र धर्म बनायो, ग्रीसबाट सिकेर रोमन साम्राज्यले पुनः रोमन धर्म बनायो, रोमन साम्राज्यबाट बाईबलको ठाउँ आयो, बाईबल पश्चात इस्लामले त्यहि गर्यो।
त्यही हो भाषा, साहित्य, पात्र, एबम् धर्म।

Views: