d

गोढमेल

Views:

बनेर बादल झरझर गर्दै
आकाश बोल्दछ गढ्याङ गर्दै
बिजुली चम्कदछ झिलिक्क गर्दै
आँखामा आँशु, मनमा चटयाङ 

मुहार जलमग्न, भावना तर्दै
फुर्ती छैन शरीर, छ जिङरिङ्ग 
एकोहोरो शास प्राणवायु भर्दै
पिठ्युँको भारी यथार्थता आङ

सपनाको फूलमा वर्षात गर्दै
खोजी आशका थुपारिएका चाङ
गोढमेल गर्दछ बगान हेर्दै
रहर‌सरि भल्ट्याङ भुल्टुङ्ग

Views: