d

स्वर्णलक्ष्मी सहकारीको गौरादह इकाई साधारणसभा सम्पन्न

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जेबि खड्का 
गौरादह/स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष २०७९/०८० मा १ अर्ब १९ कराेड ७६ लाख ८  हजार ५ सय ६७ रुपैयाँको कुल काराेवार गरेकाे छ।संस्थाकाे १४ औं बार्षिक साधारणसभा अन्तर्गत गौरादह सेवा केन्द्रकाे ईकाइगत साधारणसभामा अध्यक्ष बुद्धि सागर बरालले प्रस्तुत गरेकाे प्रतिबेदनमा उल्लेख गरिएकाे छ। संस्थाले गत आर्थिक बर्षमा कुल आम्दानी २ कराेड ५४ लाख ६२ हजार ६ सय गरेकाेमा कर कटाएर २ कराेड ४२ लाख २९  हजार १  सय ८ खुद बचत गरेकाे जानकारी गराएका थिए।शेयर पुँजी ११ कराेड २८  लाख ११  हजार १ सय रहेकाे संस्थामा जगेडा काेष ७ कराेड ६ लाख ९४ हजार ३४  रहेकाे लेखा समिति संयाेजक गायत्री प्रसाद पराजुलीले बताएका छन।गौरादह ईकाइगत साधारणसभामा संस्थाका अध्यक्ष बुद्धि सागर बरालले संस्थाकाे बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए।बराल द्वारा प्रस्तुत प्रतिबेदनमा संस्थाले सेयर सदस्यहरुका लागि बिप्रेशण सेवा, स्वर्णलक्ष्मी माेवाइल बैंकिङ सेवा, पूर्ण तथा व्यबसायीक साकाेस बिकास कार्यक्रम, एकीकृत ब्यबस्थापन सुचना प्रणाली , सीप मुलक तालिम, सुत्केरी राहत खर्च, सदस्य मृत्यु राहात, दीर्घराेग राहात, शल्यक्रिया उपचार खर्च ,आर्थिक लगानी लगायत संस्थाले अवलम्बन गरेका बिभिद कार्यक्रमहरुकाे बारेमा सेयर सदस्यहरुलाई जानकारी गराएकाे संस्थाका गौरादह सेवा केन्द्र प्रमुख बिनिता खनालले जानकारी गराएकी थिइन।
प्रधान कार्यलय दमकमा रहेकाे संस्थाले हाल सम्म झिलझिले, गौरादह, उर्लाबारी , सुरुङगामा सेवा केन्द्र संचालन गरि सेवा दिइरहेको र पथरीमा सेवा केन्द्र संचालनका लागि प्रस्ताव गरिएकाे संस्थाका झिलझिले सेवा केन्द्र प्रमुख सुशील गड्तौलाले जानकारी गराएका छन।संस्थामा हाल सम्म झापा जिल्ला भित्र ३ हजार ४८ जना सेयर सदस्यहरु रहेका छन।गौरादह सेवा केन्द्रमा भएकाे ईकाइगत साधारणसभामा कार्यक्रमका प्रमुख अतिथि तथा  गौरादह नगरपालिका वडा नं -२ का वडाध्यक्ष गाेपाल प्रसाद काेईरालाले साधारणसभाकाे उद्घाटन गरेका थिए।उद्घाटन गर्दै प्रमुख अतिथि काेईरालाले सहकारीको माध्यमबाट नागरिकको जीवन स्तर उक्सने बताउदै सहकारी सबैकाे साझा संस्था भएकाले सेयर सदस्यहरुले ईमानदार भएर सहयाेग गर्नु पर्ने धारणा राखेका थिए।पछिल्लो समयमा गौरादह क्षेत्रमा सहकारी तथा बैंकहरुकाे बिस्तार भएसँगै  यस क्षेत्रमाका स्थानीय बासिन्दाहरुलाई आर्थिक काराेवार गर्न सहज भएकाे बताएका थिए।कार्यक्रममा गौरादह उद्योग बाणिज्य संघ उपाध्यक्ष तारा कुमार श्रेष्ठ, शुभलक्ष्मी सहकारी संस्थाका ब्यबस्थापक तिलक कार्की, गौरादह जेसीज अध्यक्ष प्रकाश भट्टराई लगायतले शुभकामना मन्तब्य राखेका थिए।संस्थाका सचिब संजिब रिमालले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा ब्यबस्थापक कमल कुमार घिमिरेले कार्यक्रम संचालन गरेका थिए।

Views: