d

शुभलक्ष्मी सहकारीले गर्यो वार्षिक प्रतिवेदन सार्वजनिक, असोज २० मा साधारणसभा हुने PARDAPHAS.COM

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापा: गौरादहको सबैभन्दा पुरानो सहकारी संस्थाको रूपमा परिचित शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । 
संस्थाको २५ औं साधारणसभाको पुर्वार्धमा पत्रकार सम्मेलन मार्फत वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । 

प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष प्रकाश कार्कीले कोरोना कहर पछिको विश्वाव्यापी रूपमा देखिएको आर्थिक संकटका बापजुत पनि संस्थाले आफुलाई बलियो राख्न सफल भएको बताए ।  पछिल्लो समय आर्थिक मन्दीकै कारण व्यवसायीक क्षेत्रमा गम्भीर असर पर्दै जाँदा धेरै सहकारीहरुमा नकारात्मक असर परेको अवस्थामा पनि शुभलक्ष्मी सहकारीले चुनौतीहरु सामना गर्दै अगाडि बढेको धारणा राखे  ।

 'स्थानीय व्यवसायमा मन्दी हुँदा निक्षेप संकलन र कर्जा असुलीमा समस्या हुनु स्वाभाविकै हो । यद्यपि हामीहरु जटिलताबाट अनुकुलताको खोजी गरिरहेका छौ, आन्तरिक खर्च कटौती गरेर भएपनि संस्था बचाउन प्रयासरत छौँ ।', अध्यक्ष कार्कीले भने । 

आर्थिक मन्दीकाे परिस्थितिमा मुनाफामा केही कमी भएपनि काराेवारमा खासै असर नपरेकाे अध्यक्ष कार्कीको भनाइ छ ।

कस्तो छ आर्थिक सुचाङ्क ?

 संस्थाले आर्थिक बर्ष २०७९/०८० मा ६९ कराेड ९५ लाख ९६ हजार ५ सय ७ रुपैयाँकाे कुल काराेवार गरेकाे पाइएको छ ।  ८ कराेड २४ लाख २० हजार ३ सय शेयर पुँजी रहेकाे संस्थाले  गत आर्थिक बर्षमा ९२ लाख ८१ हजार ८ सय ८९ खुद नाफा गरेकाे देखिन्छ । बचत तथा निक्षेप दायित्व ५२ कराेड ५८ लाख ८४ हजार ३ सय ७२ रहेकाे संस्थाले ५२ कराेड ३ लाख १२ हजार ५ सय ४१ रुपैयाँ सेयर सदस्यहरुमा ऋण लगानी गरेकाे छ ।  गौरादह बजारमा प्रधान कार्यलय रहेकाे शुभलक्ष्मी सहकारी संस्थाले हाल सम्म गौरादह  नगरपालिकाकाे बैगुन्धुरा र चप्रामारी बजारमा सेवा केन्द्र संचालन गरि नागरिकलाई सेवा दिइरहेको छ । यस संस्थाले सेयर सदस्यहरुलाई दुर्घटना मृत्यु बिमा, उपचार सुबिधा, सदस्य मृत्यु राहात सुविधा लगायत ३० वटा भन्दा बढी सुविधा उपलब्ध गराउनुका साथै एटीएम कार्ड, माेवाइल बैंकिङ र एसएमएस सुबिधा उपलब्ध गराएकाे पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो भने यस संस्थाले गौरादह नगरपालिका भित्रका मुख्य बजारहरु र कमल गाउँपालिकाका सरङपाडा, बासबारीका साथै गौरीगंज बजारमा आगाे निभाउन प्रयाेग गरिने अग्नी प्रतिरोधात्मक सामाग्रीकाे व्यवस्थापन गर्दै सामाजिक क्षेत्रमा विषेश योगदान पुर्याएको पाइन्छ । 

त्यस्तै यस  संस्थाले २५ औं बार्षिक साधारणसभामा जेष्ठ सदस्य २ जना, पुर्ब संचालक तर्फ १ जना,कर्मचारी १ जना, उत्कृष्ट बचत तथा ऋण काराेवार गर्ने सदस्य ३० जना, नियमित बचत तर्फ ३ जना, रेमिट काराेवार गर्ने १ जना, बाल बचत कर्ता १ जना, महिला समूह तर्फ १ समूह, पसल समान खरिद गर्ने ६ जनालाई सम्मान गरिने जानकारी गराइएको छ । 

 संस्थाकाे २५ औं बार्षिक साधारणसभा २० गते शनिबार सामुदायिक हल गौरादहमा संचालन गरिने सचिव हेमचन्द्र घिमिरे (राजु) ले जानकारी गराए । पत्रकार सम्मेलनमा संस्थाका उपाध्यक्ष भिम बिजय बाँस्तोला, सचिव हेम चन्द्र घिमिरे सहित अन्य पदाधिकारीहरुकाे उपस्थिति रहेकाे थियाे।

Views: