d

जुरोपानी बहुउद्देश्यीय सहकारीको २४ औं साधारणसभा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जेबि खड्का 
गौरादह/ गौरादह -७ मा रहेकाे जुराेपानी बहुउद्देश्यीय सहकारी संस्थाकाे २४ औं बार्षिक साधारणसभाले अमरदास सिवाकोटीकाे अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेकाे छ। नवगठित समितिकाे उपाध्यक्षमा अरुण कुमार शाह, सचिबमा चुडा बहादुर भुजेल र काेषाध्यक्षमा पुर्ण बहादुर  डाँगी रहेका छन। समितिका अन्य सदस्यहरुमा  दुर्गामणी दाहाल, सम्पतलाल राजवंशी, सुमित्रा खरेल, यसाेदा दाहाल र एलिजा दर्नाल रहेका छन। त्यसैगरी साधारणसभाले राजेन्द्र कुमार सुवेदीकाे संयाेजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरेकाे छ। लेखा समिति सदस्यहरुमा टेक प्रसाद अधिकारी र गंगा कार्की रहेका छन।दुर्गा सामुदायिक भवनकाे सभाहलमा सम्पन्न साधारणसभामा अध्यक्ष मान बहादुर घिमिरे अस्वस्थताका कारण अध्यक्षकाे प्रतिबेदन संस्थाका उपाध्यक्ष अरुण कुमार शाहले संस्थाकाे बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए। शाहद्वारा प्रस्तुत प्रतिबेदनमा शेयर निति, शेयर कित्ता कर्जा नीति र ब्याज दर नीति सार्वजनिक गरेका थिए। संस्थाबाट सेयर सदस्यहरुले लघुवित्त कर्जा, युवा स्वराेजगार काेष कर्जा, आकस्मिक उपचार कर्जा, औषधि उपचार कर्जा, लघु औधोगिक कर्जा, व्यापारीक कर्जा, कृषि पशु मत्स्य पालन तथा कृषि औजार कर्जा, कर्मचारी आवास कर्जा, बैदेशीक राेजगार कर्जा, कर्मचारी संचयकाेष कर्जा, शैक्षिक कर्जा र ब्यापारीक जवानत कर्जा लगायतका सेवा उपलब्ध गराएकाे प्रतिबेदन प्रस्तुत गरेका थिए। संस्थाका काेषाध्यक्ष पुर्ण बहादुर गाँडीले आर्थिक बर्ष २०८०/०८१ मा संस्थाले १ कराेड ९ लाख ७६ हजार ४ सय ४ रुपैयाँ नाफा गर्ने लक्ष्य लिएकाे प्रतिबेदन प्रस्तुत गरेका थिए। डाँगी द्वारा प्रस्तुत काेषाध्यक्षकाे प्रतिबेदनमा आर्थिक बर्ष २०७९/०८० मा संस्थाले १४ कराेड ७७ लाख २१ हजार ८ सय ४६ काे कुल काराेवार गरेकाे प्रतिबेदन प्रस्तुत गरेका थिए। कुल सेयर पुँजी १ कराेड ९२ लाख ४१ हजार ६ सय भएकाे संस्थाले ३ लाख ७० हजार १ सय ७ खुद मुनाफा गरेकाे छ। लेखा समिति संयाेजक राजेन्द्र कुमार सुवेदीले लेखा सुपरिवेक्षण समितिकाे प्रतिबेदन प्रस्तुत गरेका थिए।साधारणसभाका अवसरमा संस्थामा उत्कृष्ट काराेवार गर्ने १५ जना, उत्कृष्ट कर्जा काराेवारी गर्ने १५ जना, आजिवन सदस्य ३ जना, जेष्ठ नागरिक ४ जना, गत बर्षकाे एस ई ई परीक्षामा सामुदायिक र संस्थागत बिद्यालयबाट उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छाेराछाेरीहरु ४ जनालाई पुरस्कृत गरिएकाे संस्थाका मुख्य ब्यबस्थापक कुमार चापागाईंले जानकारी गराए।संस्थाका अध्यक्ष मान बहादुर घिमिरेकाे सभापतित्वमा सम्पन्न साधारणसभामा प्रेम दंगालले शुभकामना मन्तब्य राखेका थिए।  संस्थाका सदस्य चुडा बहादुर भुजेलले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा सचिब सूर्यभक्त सिटौलाले कार्यक्रम संचालन गरेका थिए।

Views: