d

महारानी झोडा साना किसान सहकारीको २१ औं साधारणसभा

Views:
Responsive Image Gallery
Responsive Image Gallery


गौरादह/ महारानी झोडा सहकारी संस्थाकाे २१ औं बार्षिक साधारणसभा सम्पन्न भएकाे छ। संस्था द्वारा स्थापित गौरादह ४ स्थित साइलेज उत्पादन केन्द्रमा आयोजित  सम्पन्न साधारणसभामा संस्थाका मिना ढकालले संस्थाकाे बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेकि थिइन् । ढकाल द्वारा प्रस्तुत प्रतिबेदनमा संस्था २१ औं साधारणसभा सम्म आइपुग्दा प्रधान कार्यलय स्कुलचौनबाट सुरु भई हाल सम्म गौरादह ४ मा कृषि बीउ उत्पादन उद्योग, साइलेज उत्पादन उद्योग, चाक्लाबन्दी खेती, सामुदायिक कृषि यान्त्रिकरण सेवा, दुग्ध संकलन कार्यक्रम जस्ता कृषक सँग प्रत्यक्ष जोडिएका महत्त्वपूर्ण कार्यक्रमहरु सन्चालन गर्दै आएको उल्लेख गरिएको छ ।  त्यस्तै संस्थाले सेयर सदस्यहरुलाई मृत्यु राहत कोष, सानाकिसान अनुसरण कार्यक्रम, सुत्केरी पोषण कार्यक्रम, र्‍यामिटेन्स सेवा, एकीकृत कृषि भवन निर्माण कार्यक्रम आदि संचालन गर्दै आएको उल्लेख गरिएको छ । 


 साधारणसभामा लेखा समिति संयोजक रिता पौडेलले  आर्थिक बर्ष २०७९/०८० काे आर्थिक प्रतिबेदन र आर्थिक बर्ष २०८०/०८१ काे याेजना प्रस्ताव सम्बन्धि आय- ब्यय विवरण प्रस्तुत गरेकि थिइन् । संयोजक पौडेल द्वारा प्रस्तुत प्रतिबेदनमा संस्थाले आर्थिक बर्ष २०७९/०८० मा ७२ कराेड ४० लाख ३ हजार ४ सय ७१ रुपैयाँकाे कुल काराेवार गरेकाे प्रतिबेदन प्रस्तुत गरेकि थिइन् । ५ कराेड १२ लाख ४७  हजार ५ सय ६९ शेयर पुँजी रहेकाे संस्थाले  गत आर्थिक बर्षमा ४५ लाख ३२ हजार ५ सय ८६ नाफा गरेकाे जानकारी गराएका थिए। 

कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट शुभकामना मन्तव्य राख्दै नगर प्रमुख छत्रपती सुवेदीले स्थानीय सहकारी सँग हातेमालो गरेर नगरपालिका अगाडी बढ्न चाहेको बताए । कृषि क्षेत्रको उत्थानका लागि आवश्यक तालीम लगायतका कार्यक्रमहरु सम्बन्धित सहकारी सँग समन्वय गरेर साझेदारी कार्यक्रम संचालन गर्दै आएको कुरा अवगत गराए । 

 कार्यक्रममा जुरोपानी बहुउद्देश्यीय सहकारीकि उपाध्यक्ष सुलोचना राजवंशी, उद्यमी सहकारी संस्था लिमिटेडका अध्यक्ष भुपराज लुइँटेल, जिल्ला समन्वय समिति झापाका सदस्य कपिलमणी काफ्ले, वडा नम्बर ४ का वडाध्यक्ष दुर्गामणी बस्नेत,  लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

संस्था अध्यक्ष मिना ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन संचालक समिति सदस्य लक्ष्मी देवी चिमरियाले गरेकी थिइन् । 

Views: