d

राई दम्पतिले गरे अक्षयकोष स्थापना गर्न विद्यालयलाई १ लाख आर्थिक सहयोग

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

ताप्लेजुङ: ताप्लेजुङको पाथीभरा याङ्वरक ६ थुम्बेदिन निवासी हस्तबहादुर राई र वहाँकि धर्मपत्नी राम कुमारी राईले जनता आधातभुत विद्यालयलाई  १ लाख आर्थिक सहयोग प्रदान गर्नुभएको छ । विद्यालयमा स्थापनाक्रममा रहेको अक्षयकोषमा सहयोग पुगोस् भन्ने उद्देश्य राख्दै राई दम्पतिले उक्त आर्थिक सहयोग  प्रदान गर्नुभएको हो । 

May be an image of text

शुक्रबार बिद्यालय परिसरमा आयोजित चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा राई दम्पतिले बिद्यालय प्रधानाध्यापक इन्द्र कुमार घिमिरेलाई नगद हस्तान्तरण गर्नुभएको थियो । 


'विद्यालयमा अक्षयकोष स्थापना हुने भएपछि हामी उत्साहित भयौं । यो निकै खुशीको कुरा हो । सबैले मिलेर सानोसानो सहयोग गर्न सकियो भनें आफ्नै विद्यालय बलियो हुन्छ।' नगद हस्तान्तरण गर्दै समाजसेवी व्यक्तित्व राईले बताउनु भयो । 

राई दम्पतिले आफ्ना पितृहरुको सम्झना गर्दै बिद्यार्थीहरुको हितका लागि आर्थिक सहयोग गरिएको बताए । 


 सांस्कृतिक सीप अन्तर्गतको शुभकामना आदानप्रदान कार्यक्रममा  यस कार्यक्रममा विद्यार्थी तथा उपस्थित अभिभावकहरुले दशैंको टिका तथा जमरा ग्रहण गरी शुभकामना आदान प्रदान गरेका थिए । 

पाथिभारा याङ्वरक वडा नं ६ का वडा अध्यक्ष जितमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति समेत गरेका थिए । 

उक्त अवसरमा शुभकामना मन्तव्य राख्दै वक्ताहरूले पछिल्लो समय बिद्यालयमा सकारात्मक परिवर्तन हुन लागेको भन्दै खुशी व्यक्त गरेका थिए । 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र थेबे सहित स्थानीय, अभिभावकहरुको उपस्थितिमा विद्यालय प्रधानाध्यापक इन्द्र कुमार घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन शिक्षक गुणराज पौडेलले गरेका थिए । 

Views: