d

डि वाइ सी द्वारा आयोजित फुटबल खेलको उपाधी सुनारा क्लबलाई PARDAPHAS.COM

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

धिमधिमे युवा क्लव(DYC) ले आयोजना गरेको दशैं खुल्ला फुटबल कपमा कमल गाँउपालिकाको सुनारा फुटबल क्लब र  गौरादह नगरपालिका वार्ड नं. ०६ खेलकुद समिति क्रमशः विजेता र उपविजेता बनेका छन् । 

'स्वास्थ्यका लागि खेलकुद' भन्ने नाराका साथ विजयादशमीको अवसर पारेर स्थानीय  धिमधिमे युवा क्लबद्वारा क्लबको आयोजनामा संस्थाका आजीवन सदस्य स्व.अजय थापाको स्मृतिमा संचालित खुला पुरुष फुटबल प्रतियोगिताको हिजो आइतबार फाइनल खेल सम्पन्न भएको हो । 

खेल रोमाञ्चक रूपमा अघि बढ्दै जाँदा दुबै टिमले १/१ गोल गर्दै बराबरीमा पुगेपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा थप तीन गोल गर्दै सुनारा फुटबल क्लबले ४ गोल लगाएको थियो भने गौरादह वडा नम्बर ६ खेलकुद विकास समितिले थप दुई गोल गर्दै तीन गोलमा सिमित भएको थियो । 

खुल्ला फुटवल प्रतियोगिताका विजेतालाई नगद रु ३१ हजार १०० , र उपविजेतालाई नगद रु २११०० सहित मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको बताइएको छ । 

संस्थाले हरेक वर्ष विजया दशमीको अवसर पारेर प्रतियोगितात्मक फुटबल खेल आयोजना गर्दै आएको छ । 

गौरादह नगर उपप्रमुख जलवर्षा राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न औपचारिक कार्यक्रममा विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।  

फाइनल खेल पुर्व गौरादह उद्योग वाणिज्य संघ र आयोजक संस्था धिमधिमे युवा क्लव बिच मैत्रीपुर्ण खेल समेत आयोजना गरिएको संस्थाका सचिब गुणराज पौडेलले जानकारी गराएका छन् । 

उक्त खेलमा म्यान अफ द म्याचको उपाधी  सुनारा फुटबल क्लबका आशिष किस्कु तथा सोही क्लबका आयुस बस्नेत लाई उत्कृष्ट गोलकर्ताको उपाधी प्रदान गरिएको । त्यस्तै 
यस सिजनको सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी गौरादह वडा नम्बर छ खेलकुद विकास समितिका खेलाडी दिपेश राजवंशीलाई प्रदान गरिएको सचिव पौडेलले बताएका छन् ।

Views: