d

असल अभिभावकत्व, मिनी दौड, निबन्ध लेखन देखि थिम सेमिनार सम्म आयोजना हुँदै PARDAPHAS.COM

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

गौरादह जेसीजले जेसीज सप्ताह मनाउने भएको छ । संस्थाले शुक्रबार गौरादह डिपुचोक स्थित माछापुच्छ्रे होटलमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि जेसीज सप्ताहका कार्यक्रम बारे जानकारी गराइएको हो । 
सार्वजनिक गरिएको कार्यक्रम तालिका अनुसार भोलि कार्तिक १८ गते बालबालिकाहरुको मनोबैज्ञानिक पक्ष बारे जानकारी गराउने उद्देश्यले 'असल अभिभाकत्व' कार्यक्रम संचालन हुनेछ । यस कार्यक्रमले आफ्ना नानीहरु प्रति अभिभावकले निर्वाह गर्नुपर्ने भुमिका बारे अभिभावकहरुलाई प्रशिक्षित गराइने आयोजकको भनाई छ । यस कार्यक्रमको सहजीकरण गछिया जेसीजका प्रशिक्षक प्रदीप विष्टले गर्ने जनाइएको छ । 

त्यस्तै दोश्रो दिनको कार्यक्रम कार्तिक २५ गते जेसीज मिनी दौडको आयोजना रहनेछ भने मंसिर २ गते सप्ताह समापन गरिने जानकारी गराइएको छ ।
सप्ताह कै दौरानमा माध्यामिक तह अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि "प्रभावकारी स्थानीय तहमा युवाको भुमिका" विषयक निबन्ध प्रतियोगिता समेत संचालन गरिने बताइएको छ । उक्त निबन्ध विद्यार्थीले घरमै तयार गरि jcigauradaha@gmail.com मा पठाउनुपर्ने र उत्कृष्ट ३ विद्यार्थीलाई पुरस्कृत गरिने छ । 
 समापन कार्यक्रम कै दिन वडा नम्बर ५ स्थित नमुना पाहुना घरमा चर्चित पत्रकार टिकाराम यात्री र होटल व्यवसायी कर्ण शाक्यको सहजीकरणमा 'थिम सेमिनार' को आयोजना समेत गरिएको अध्यक्ष प्रकाश भट्टराई र महासचिव ई. भानु आचार्यले संयुक्तरूपमा जानकारी गराउनु भएको छ । 

पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष भट्टराई तथा महासचिव आचार्य सहित सचिब दुर्लभ कार्की, कानुनी सल्लाहकार ध्रुब अधिकारी,
शाखा सम्पादक सौरभ भट्टराई लगायत जेसीजकर्मीहरुको उपस्थिति रहेको थियो । 

Views: