d

झापा गोल्डकप छनौट खेल आयोजना गर्दै गौरादह नगरपालिका

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: झापाको गौरादह नगरपालिकाले झापा गोल्ड कपको लागि खेलाडी गर्नेगरी नगर खेलकुद कार्यक्रम आयोजना गर्ने भएको छ । भोलि सोमबारदेखि साताव्यापी रूपमा आयोजना खेलकुद कार्यक्रमको आयोजना हुने भएको हो । 

प्रकाशित तालिका अनुसार भोलि हुने पहिलो चरणको फुटबल खेल वडा नम्बर ७ र ९ बिच हुनेछ भने दोस्रो चरणको खेल वडा नम्बर १ र ६  बिच हुने आयोजक समितिले जनाएको छ ।
 
त्यस्तै कार्तिक २१ गते वडा नम्बर ५ र ८ तथा वडा नम्बर २ र ३ बिच हुनेछ । 

त्यस्तै कार्तिक २२ गते वडा नम्बर १ र ६ को खेलमा भएको बिजेता टोलिले वडा नम्बर ४ सँग खेल्नेछ ।

छनौट प्रतियोगिताको फाइनल खेल कार्तिक २४ गते हुने बताइएको छ । 

झापामा हुने हरेक फुटबल खेलहरुमा गौरादह गौरादह नगरपालिकाले आफ्नो उपस्थिति बलियो रूपमा स्थापित गर्दै आएको र यस वर्ष बाट खेल क्षेत्रमा थप सफलता हासिल गर्नेगरीको तयारी स्वरुप झापा गोल्डकप खेलाडी छनौट खेलकुद प्रतियोगिता आयोजना गरिएको नगर खेलकुद परिषदका सदस्य सचिब निर्मल बाँस्तोला बताउछन् । 

'हामीले प्रारम्भिक चरणमा फुटबललाई प्राथमिकता दिएका छौँ । चाडवाडको अवसर भएकोले छैट पर्व लगत्तै कपर्दी, भलिबल र तेक्वान्दो लगायतका प्रतियोगितात्मक खेलहरु आयोजना गर्दै राष्ट्रपति रनिङ सिल्डको समेत आयोजना गरिने गरिनेछ ।', सदस्य सचिब बाँस्तोलाले बताए । 

Views: