d

दुधालीमा कार्तिक २१ देखि २७ सम्म खुल्ला नकाउट फुटबल आयोजना गरिने PARDAPHAS.COM

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापा: गौरादह नगरपालिका वडा नम्बर ७ स्थित दुधालीमा दुधाली खुला नकाउट प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय भारती आधारभुत बिद्यालयमा दुधाली खेलकुद बिकास समितिको आयोजनामा यही कार्तिक २१ गते देखि २७ गते सम्म खुल्ला नकाउट फुटबल खेल आयोजना हुने भएको हो । 

फुटबलमा बिजेता टोलीले नगद मेडल, ट्रफी र प्रमाणपत्र ल सहित ३० हजार ५५ र उप विजेता टोलीले मेडल , ट्रफी र प्रमाणपत्र सहित नगद २० हजार २५ प्राप्त गर्ने आयोजक समितिले जनाएको छ । 

त्यस्तै बेस्ट गोल्ड किपर, बेस्ट गोल स्कोरर सहित खेल अवधिका एकजना उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने जनाइएको छ । 
प्रतियोगितामा सहभागी हुने टिमले प्रवेश शुल्क बापत नगद ३ हजार जम्मा गर्नुपर्ने आयोजक समितिका सचिब बद्री घिमिरेले बताए । 

Views: