d

धर्म, ईश्वर र प्राकृतिक प्रकोप

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 
जाजरकोटमा विनाशकारी भुकम्पको  कहरमा जसरी एक पन्डितले गौहत्या र हिन्दुरास्ट्र नहुनुको  कथित कारण दिए यसले एउटा तथ्य स्पष्ट उजागर गर्दछ कि आधुनिक मानव सभ्यताले जसरी भुकम्प जस्तो विनाशकारी प्रकोप रोक्ने उपाय पहिचान गरी रहेको छैन त्यसरी नै धर्म र ईश्वरबारे पनि पहिचान गरीरहेको छैन ।
भुकम्प र गौहत्याले  ईश्वरलाई केहि फरक पर्दैन । अझ पुर्वीय सभ्यताका धर्म र ईश्वरसँग यी तर्क वितर्कसंग कुनै सम्बन्ध छैन । अनि सम्बन्ध नभएको विषयका तर्क धर्म र ईश्वरलाई केहि फरक पदैन ।

अध्यारो वा छाँयालाई तपाई डण्डा या तरबारले नोक्सान पुर्रयाउन सक्नु हुन्न । छाँया र तलबारको कुनै सम्बन्ध नै छैन । छाँयाको दुनिया नै अलग हुन्छ ।

धर्म कुनै निर्जिव मेसिन वा औजार हैन, यो एउटा Living Techonology  हो । हर टेक्नोलोजिको आफ्नै बिज्ञान  हुन्छ । जसले धर्म र ईश्वरको बिज्ञानलाई बुझ्छ र यसलाई युटिलाइज गर्न सक्छ, उसले यो समाजलाई हर झन्झटबाट निकाल्न सक्छ । जति–जति समाज कुनै समस्याबाट बाहिर निस्कन्छ धर्म र ईश्वर अझ मजबुद हुदै जान्छ । भुकम्पको कहर र क्षतिका कुरा थोत्रीदै जाँदा समाज बाहिर निस्कन साथ मन्दिर, मस्जिद चर्चमा पुनः भिड लाग्न सुरू हुन्छ । जो भुकम्पको कहरबाट जिबित  रहन्छन हुन्छन उनीहरु भुकम्प प्रतिरोधात्मक  घर निर्माण  भन्दा ईश्वरको गुनगान गाएको देखिने छ ।

तर मुख्य समस्या के हो भने मानिस धर्म र यसको मनोविज्ञानको निन्दा गर्न त सिक्दछ र यद्दपी यथार्थमा कुनै निस्चीत बिज्ञानको सुत्रको अध्ययनले समाज र यसको मनोविज्ञानलाई बुझ्न पर्याप्त हुदैन। फरक–फरक Techology का लागि फरक बैज्ञानिक सुत्रको आवस्यकता हुन्छ ।
एउटा उदारहण हेर्नुस – यदि कोहि बालक आफ्नो पितालाई दुनियाँको सर्वशक्तीमान मान्न सक्छ । त्यो बालक एक दृष्टीकोणबाट गलत नै भए पनि अर्को नजरमा सहि सिद्ध हुन्छ । एक सापेक्षित तथा मनोबैज्ञानिक अर्थमा आफ्नो पिता उपर गर्व गर्नु उसको अधिकार हो । अज्ञानता भएपनि उसले बैज्ञानिक कुरा गरीरहेको छ । यदि बाल्यकालमा एउटा बालकले आफ्नो पिता उपर विस्वास नराखे उसको गुणोत्तर विकास हुन सक्दैन ।

तर यदि कोहि त्यो बच्चालाई तेरो पिता सर्वशक्तिमान भए भुकम्पलाई रोकेर देखाओस भन्छ भने त्यो बच्चाको बिस्वास भन्दा त्यो तर्क अबैज्ञानिक सिद्व हुन्छ । बच्चाले न तपाईंको प्रश्नलाई बुझ्न नै सक्छ न तपाईंको उत्तर नै दिन सक्छ । तपाईं उसको पिताको जति नै निन्दा गर्नुस उसले पितालाई घृणा गर्दैन।

धर्म या इस्वरको काम कुनै प्राकृतिक प्रकोप रोक्नु वा त्यसबाट बचाउनु हैन। धर्म र ईश्वरको काम प्रकृति र त्यसका अन्गिनत प्रकोप बिरुद्ध लडिरेहेको मनुस्यलाई जिवन र समाजको खास किसिमको ब्यवस्था दिनु हो ।

यद्दपी आफूलाई धर्मको बढी हिमायति ठान्नेहरू इस्वरलाई सर्व शक्तीमान देखाएर अतिशयोक्ती गर्ने गर्छन । तथापी अतिशयोक्ती वक्तव्यले धर्म र ईश्वरको Fundamental structure लाई परीवर्तन गर्न सक्दैन।

धार्मिक संरचनाको मुल आधार मनुस्यको संगठन र संस्कारको आवस्यकतामा रहेको हुन्छ । बाँकि ईश्वरलाई सर्वशक्तीमान वा सर्वज्ञ भएको दावा गर्नुको कुनै अर्थ छैन। धर्म असलमा मानवको क्रमविकासमा मानव सङगठनको आवस्यकता पुर्ति गर्ने साधन हो । धर्म या इस्वरको उत्पती भुकम्प रोकथाम  हेतु भएको हैन । अक्सर मानिसहरु भुकम्प वा प्राकृतिक प्रकोपलाई केन्द्रमा राखेर इस्वर र धर्मको प्रासाङगीता गर्ने गर्छन् र त्यो नितान्त गलत इन्टरप्रिटेसन हो। कोहि व्यक्तीले आफू कुनै भुकम्पबाट बच्ने  लालसा हेतु ईश्वरप्रति आस्था राखेको हुदैन ।

तपाई एउटा आध्यात्मिक व्यक्तिका सामुन्ने उसको धर्मको जति सुकै निन्दा गर्नुस उ त्यसबाट कदापी पनि डिस्पेरेट हुदैन। उसको आस्थामा कतिपनि कमि आउदैन । उ मन्दिर, मस्जिद र चर्च जान बन्द गर्दैन। बरु झन भ्हतचझथि आस्था राख्न थाल्दछ । किनकी उ त्यसको युटिलाइज गरीरहेको छ । कन्ज्युम गरीरहेको छ । यो उसको क्रम विकासको एउटा चरण हो । तपाईका तमाम तर्कलाई उसले बौलहठ सिद्ध गरीदिन्छ ।

जुन समुदायमा प्रकृतिमा आधारीत एनिमिज्म (प्रकृती पुजा) को व्यवस्था रहेको हुन्छ त्यो समुदायको समाजिक संरचना प्रिमिटिभ खालको हुन्छ । उनीहरूले इस्वर तथा संङ्गठित धर्म , कर्मकान्ड विधिको रचना गरी सकेका हुदैनन । जुन समाजले जब सम्म सङगठित धर्म एवम इस्वरको ग्रेट नेरेटिभको बिकास हुदैन त्यो समुदायले निरन्तर अन्य सम्प्रदायको अतिक्रमण सहने गर्दछन् । यस्ता इंडिजिनस ट्राइबल वल्ड सरल समुदायहरू सङगठित धर्म प्रार्दुभाव भएका समुद्वायबाट अक्सर पराजित हुने गर्दछन्।

पुर्विय समाजको इतिहासमा बौद्ध तथा जैन लाई त्यस्ता ट्रइबल ओल्डको रुपमा लिन सकिन्छ जसले धार्मिक मुल्यको निर्माण गरेतापनि समाजको सामुहिक मनोबिज्ञानलाई नियन्त्रण तथा कुशल संचालन गर्न इस्वरीय सत्ताको निर्माण गर्न सकेनन । बौद्ध तथा जैन परम्पराले तर्क र बिज्ञानको कसीमा समाजिक तथा नैतिकताको जगमा संगठित धर्मको निर्माण गरे तर उत्पादन तथा बितरण प्रणालीको विकास सँग राज्य र सत्ताको अवधारणा विकास भइरहदा उनीहरु गतिशील बन्न सकेनन् ।

राज्य तथा राजतन्त्र सहितको राजाको उदय सँगसगै इस्वरको उत्पत्ती निरबिकल्प आवस्यकता भयो। बौद्ध र जैन परम्परामा त्यो स्कोप थिएन। फलस्वरूप उनीहरू गर्व मै खतम भएर गए। ठिक विपरीत सनातन भनिएको हिन्दु धर्म , इशाई, इस्लाम धर्ममा ईश्वरको ब्रान्ड निर्माण भइसकेको थियो जसको प्रयोगले सम्पुर्ण मानव जगतमा उनीहरूको दबदबा रह्यो । बौद्ध आचायौंहरुले अन्तत इस्वर सँग पराजय भएको स्वीकार गरे र पुरा एशियामा बुद्धलाई नै ईश्वर बनाइदिए । यो परिवर्तनले अन्तत उनी र पुरा एशियामा बुद्धलाई नै ईश्वर बनाइदिए । यो परिवर्तनले अन्तत उनीहरुलाई अन्य सरह नै सफल बनाइदियो ।

धर्म तथा ईश्वर कुनै सङकट, भुकम्पको रोकथाम गर्ने उद्देस्यले उत्पति भएका होइन  । यसको उत्पति यस्ता मानव संकटको उत्पतिले निर्माण हुने भयको नियन्त्रणका लागि भएको हो । ताकि यथार्थमा देखीने संकटबाट मुक्त भएर बन्धुत्वको वातावरण त्यो भय संग लड्ने योजना बनाउन सकुन् ।

आज युरोप तथा अमेरीकी बैज्ञानिक समाज भुकम्प लगायत प्राकृतिक प्रकोपको कारणको  को खोजिमा लागिरहेको छ । किन उनीहरू गौहत्या पापको पछी लाग्दैनन् ? किन बैज्ञानिक खोजमा लाग्दछन् ? पश्चिमा त्यो समाज हो जसले इस्वर तथा धर्मको टेक्नोलोजीलाई दुई हजार साल सम्म निरन्तर युटिलाइज गर्यो । आज उनीहरू धर्म र ईश्वर भन्दा अगाडि निस्कने अवस्थामा रहेका छन् । उनीहरु निरन्तर हजारौ बर्षसम्म सङ्गठित चर्च र ईश्वरको छातीमा दुध चुसेर रहे । अन्तत दाँत पलाए सँगै बिज्ञान र टेक्नोलोजीको खोजिमा लागे ।

बिज्ञानले निस्चय नै नयाँ ईश्वरको निर्माण गर्न सक्नेछ । तर बिज्ञानलाई निरपेक्ष बुझ्नका निम्ती क्रम बिकासको सिद्धान्तलाई नजरअन्दाज कदापी गर्नु हुदैन जुन समाजले विज्ञानको आविस्कार गर्यो त्यो भन्दा पहिले उसले इस्वरको उत्पति गरायो र त्यसको निरन्तर प्रयोग पश्चात मात्र बिज्ञानको जन्म भएको हो ।

ठीक बिपरीत हाम्रो पुर्विय समाज भने बिना धर्मको प्रयोग नै बिज्ञानको प्रयोग गर्न चाहान्छौं । अतःजसरी समाजको विकास माक्सले भने जस्तो एउटा निस्चित चरणबद्ध हुदै विकास हुन्छ बिज्ञान र धर्म तथा ईश्वरको पनि क्रम विकास कै सिद्धान्तमा विकास हुदै जान्छ ।

जबसम्म पुर्विय सभ्यता र समाजले सँगठित धर्म र ईश्वरको पूर्ण युटिलाइज गरीसक्दैन तब सम्म भुकम्प र प्राकृतिक प्रकोपबाट बच्नका निम्ति   गोहत्या पाप र हिन्दुरास्ट्रको दुबै नै उच्चतम बैज्ञानिक उपाय हो  र एकदिन समाजले स्वत बिज्ञानलाई पनि जन्मदिने छ र हामी पनि  पृथ्बीको भुगर्वका रहस्य बारे बहस अवस्य गर्ने छौँ ।

Views: