d

गौरादह जेसीजको जेसीज सप्ताह सम्पन्न pardaphas.com

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गौरादह जेसीजको जेसीज सप्ताह सम्पन्न 

गौरादह जेसीजको जेसीज सप्ताह सम्पन्न गरिएको छ । गौरादह ५ स्थित नमुना पाहुना घरमा विविध कार्यक्रमको आयोजना गर्दै जेसीज सप्ताह २०२३ सम्पन्न गरिएको हो । 

गत कार्तिक १८ गते शुरु गरिएको जेसीज सप्ताहको आज अन्तिम दिन नेतृत्व विकास विषयक थिम सेमिनारको आयोजना गरिएको थियो । 

तीन खण्डमा बिभाजित गरेर संचालन गरिएको पहिलो खण्डमा सप्ताह संयोजक तथा संस्थाका का. उपाध्यक्ष खड्ग बहादुर थापाले कार्यक्रमको औचित्य माथी प्रकाश पारे भने अध्यक्ष प्रकाश भट्टराईले जेसीज कार्यपत्र प्रस्तुत गरेका थिए ।

 दोश्रो खण्डमा पर्यटन व्यवसायी, वातावरणविद तथा लेखक कर्ण शाक्य र अग्रज पत्रकार टिकाराम यात्रीको संयुक्त सहजीकरणमा संचालित थिम सेमिनारमा आयोजना गरिएको तथा प्रश्नउत्तर कार्यक्रम अन्तर्गत सहभागी द्वारा राखिएका जिज्ञासा माथी सहजकर्ताद्वय द्वारा सहजीकरण गरिएको थियो । 

गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेयर सुवेदीले समाजमा सकारात्मक चिन्तन विकास गर्न जेसीजको भुमिका उच्च रहने बताए । जेसीज जस्ता नेतृत्वदायी संघ/संस्था सँग हातेमालो गर्न नगरपालिका हमेसा तयार रहने बताउदै सामाजिक संघ/संस्थाहरु समाज विकासको अभिन्न अंग हुने बताए । 

 कार्यक्रममा नेपाल जेसीजका पुर्व अध्यक्ष प्रकाश प्रसाद अधिकारी, दमक जेसीजका अध्यक्ष मुकेश अग्रवाल, कमलनगर जेसीज अध्यक्ष रिजु कार्की, जेसी भिम कुवँर, कर्ण सकारात्मक कोष संयोजक प्रवीण शाक्य, दमक पब्लिक लाब्रेरीका संस्थापक अध्यक्ष भेषराज न्यौपाने, 
वडाध्यक्षहरु नगेन्द्र भण्डारी, गोपाल कोइराला, दिलिप भण्डारी, बलराम खरेल लगायत जेसीज जेसीजकर्मी र स्थानीय संघ/ संस्थाका प्रतिनिधिहरु, शिक्षक, बुद्धिजीवी, राजनीतिग्यासमा लगायत स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियोे ।  

संस्थाका कानुनी सल्लाहकार ध्रुब चन्द्र अधिकारीले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सभापतित्व वर्ष २०२३ अध्यक्षले गरेका थिए भने कार्यक्रमको संचालन महासचिव ई. भानु आचार्यले गरेका थिए । 

Views: