d

नक्कली प्रमाणपत्र बनाएर दुरुपयोग गरेको आरोपमा ख्रिष्टियन महासंघका अध्यक्ष पक्राउ

Views:

 

राष्ट्रिय ख्रिष्टियन महासंघ, नेपालका अध्यक्ष चरीबहादुर (सिबी) गहतराज पक्राउ परेका छन् । नक्कली प्रमाणपत्र प्रकरणमा उनी पक्राउ परेका हुन् । 

स्नातकको नक्कली प्रमाणपत्र बनाएर दुरुपयोग गरेको आरोपमा उनलाई नेपाल प्रहरीले काठमाडौंबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलले बताए । गहतराजलाई साँझ मंगलबार सिंहदरबार क्षेत्रबाट पक्राउ गरिएको हो । 

गहतराजले स्नातक तहको ट्रान्सक्रिप्ट र माइग्रेसन लगायतका नक्कली कागजात बनाएको उजुरी परेपछि जिल्ला प्रहरी परिसर, काठमाडौंले छानबिन थालेको थियो ।

उनले ‘महान अभियान’ नामक पत्रिका दर्ता गर्नका लागि सूचना विभागमा नक्कली प्रमाणपत्र पेस गरेको  पाइएपछि उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ । 

 

Views: