d

ज्ञानज्योति मा.वि. मा स्काउटको क्याम्प फायरिङ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: झापाको गौरादह २ स्थित ज्ञान ज्योति मा. वि. मा नगर स्काउटको क्याम्प फायरिङ कार्यक्रम आयोजना गरिएको छ । बिद्यालयमा अध्ययनरत रहेका विद्यार्थीहरु आबद्द रहेको ज्ञान ज्योति स्काउटले आयोजना गरेको क्याम्प फायरिङ कार्यक्रमलाई नगर प्रमुख छत्रपति सुवेदीले हिजो साँझ उद्घाटन गर्नुभएको हो । 

एकदिवसीय कार्यक्रम अन्तर्गत, बिद्यालय प्रअ भिमविजय वाँस्तोला, बिद्यालय आवद्ध शिक्षकहरु,  स्काउट आवद्ध विद्यार्थी तथा स्काउट प्रशिक्षक सुस्मिता भुजेल, लगायतको प्रमुख भुमिकामा दिनभर स्काउटका विभिन्न गतिविधिहरु गर्दै सन्ध्याकालिन  कार्यक्रम सहित सम्पन्न गरिएको छ । 

कार्यक्रममा प्रमुख अतिथिको रूपमा  शुभकामना मन्तव्य राख्दै नगर प्रमुख तथा गौरादह स्काउटका संरक्षक छत्रपति सुवेदीले स्काउटले समग्र समाजको बिकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए । गौरादहका सबै बिद्यालयमा स्काउट गठन हुनुपर्ने बताउदै आवस्यक परेको बेला सहयोग गर्न नगरपालिका तयार रहेको बताए ।

कार्यक्रममा उपप्रमुख तथा नगर स्काउट अध्यक्ष जलवर्षा राजवंशी, वडा नम्बर २ वडाध्यक्ष गोपाल कोइराला, विद्यालय प्रअ भिमविजय बाँस्तोला लगायतले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए । 

कार्यक्रममा  एड्भान्स स्काउटर पवन कोइराला, एड्भान्स स्काउटर
 सुरेन्द्र कारन्जित , सहायक राष्ट्रिय प्रशिक्षक सिमा विष्ट तथा नारायण श्रेष्ठ, रोवर लिडर निगेस श्रेष्ठ, लगायत नगर स्काउट पदाधिकारी, सदस्य, बिद्यार्थी, अभिभावक तथा स्थानीय बुद्धिजिवी, सामाजिक राजनीतिक व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए । 

बिद्यालय प्र. अ. भिम विजय बाँस्तोलाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन विद्यालयकी स्काउट प्रशिक्षक सुस्मिता भुजेलले गरेकी थिइन् ।

Views: