d

समृद्ध कृषि सहकारीको सदस्यता बितरण तथा घरदैलो कार्यक्रम सम्पन्न

Views:


जेबि खड्का 
पौष ८ गते बुधबार झापा

गौरादह -८ मा संचालनकाे प्रक्रियामा रहेकाे समृद्ध कृषि सहकारी संस्थाले सदस्यता बितरण तथा  घरदैलो कार्यक्रम सम्पन्न गरेकाे छ।अरुणाेदय आधारभूत बिद्यालयमा औपचारिक कार्यक्रमकाे आयाेजना गरि संस्थाका अध्यक्ष खेमराज अधिकारीले जुराेपानीमा कृषि सहकारी संचालनका क्रममा स्थानीय बासिन्दाकाे धारणाका बारेमा जानकारी गराएका थिए।घरदैलाे कार्यक्रमकाे दौरानका क्रममा स्थानीय बासिन्दालाई गौरादह नगरपालिका वडा नं -८ मा कृषि सहकारीको आवश्यकताका बारेमा जानकारी गराएकाे संस्थाका अध्यक्ष खेमराज अधिकारीले जानकारी गराएका थिए।
कृषि सहकारी संस्था दर्ता भएपछि संचालनका लागि सेयर सदस्यहरुकाे संख्या बृद्धीमा पहल र हाल सम्म भएका प्रगतिकाे जानकारी गराएका थिए। वडा नं -८ मा हाल सम्म सहकारी संस्था संचालन नहुदा किसानले भाेगेका कठिनाईलाई समाधान गर्न समस्या भएकाे अध्यक्ष अधिकारीले जानकारी गराएका थिए।किसानहरुले महंगो मुल्यमा बिउबिजन खरिद गरेर सस्ताे मुल्यमा उत्पादित सामग्री बिक्री गर्नुपर्दा किसान निरास हुनुपरेकाे धारणा राखेका थिए।गौरादह -८ मा कृषि सहकारी संचालनमा आएपछि किसानले बिउबिजन सस्तो मुल्यमा पाउने, नेपाल सरकारबाट आएकाे रासायनिक मल सहज रुपमा उपलब्ध गराइनुका साथै चाक्लाबन्दी खेति प्रणालीकाे अवधारणा अगाडि सारिने अध्यक्ष अधिकारीले जानकारी गराएका थिए।कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिका वडा नं -८ का वडाध्यक्ष गणेश राजवंशीले वडा भित्र सहकारी संस्थाकाे आवश्यकता रहेकाे धारणा राखेका थिए।अध्यक्ष राजवंशीले वडामा सहकारी संस्था संचालनका लागि आफुले गर्नुपर्ने सहयाेग सदैब रहने जानकारी गराएका थिए।अध्यक्ष राजवंशीले सहकारी संचालनमा स्थानीय बासिन्दालाई सहयाेग गर्न अनुराेध गरेका थिए। संस्थाका सचिब चन्द्र तामाङले संस्थाले हाल सम्म गरेका प्रगतिकाे बिबरण सार्वजनिक गरेका थिए।

Views: