d

गोल्डेन सनराइज मा. वि. ले मनायो ३० औं वार्षिक उत्सव WWW.PARDAPHAS.COM

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापाको गौरादह १ मा रहेको गोल्डेन सनराइज अंग्रेजी मा. वि. ले आफ्नो स्थापनाको ३० औं वार्षिक उत्सव मनाएको छ । बिहिवार बिद्यालय परिसरमा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम सहित विविध कार्यक्रम गर्दै वार्षिक उत्सव भव्यता साथ मनाइएको हो । 

कार्यक्रममा विद्यार्थीहरुले नाटक, तथा लोकनृत्यहरु सहित विविध प्रस्तुति गरेका थिए । 

नगर प्रमुख छत्रपति सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुवेदीले शैक्षिक क्षेत्रमा गोल्डेन सनराइजको महत्त्वपूर्ण योगदान रहेको चर्चा गरे । निजि विद्यालयहरुले जनभावना अनुरुप अगाडी बढ्नुपर्नेमा जोड दिँदै स्थानीय सरकारले गुणस्तरीय र प्रभाकारी शिक्षाको विकास गर्न नितिनियम तर्जुमा गर्दै आएको बताए । सामुदायिक विद्यालय र निजि विद्यालयहरुलाई स्थानीय सरकारले समान दृष्टिकोणले हेर्ने गरेको बताउदै साझा धारणा बनाएर विद्यालयहरु अगाडि बढेमा मात्रै शैक्षिक बेरोजगारी कम गर्न सकिने उल्लेख गरे । 
प्याब्सन केन्द्रिय उपाध्यक्ष नारायण घिमिरेले निजि विद्यालयहरु आर्थिक अभावका कारण धरासायी हुने खतरा रहेको औंल्याए । न्युनतम शुल्क लिएर विद्यार्थी पढाउनु पर्दा हरेक आर्थिक कठिनाइको सामना गर्नुपर्ने परिस्थितिका वापजुत पनि निजि विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जिकिर गरे । जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीले सरकारी विद्यालयमा पढाउनु पर्छ भन्ने मान्यताले विद्यार्थीहरुको शिक्षा प्राप्त गर्न पाउने नैसर्गिक अधिकारको हनन हुने टिप्पणी गरे । 

अभिभावकको तर्फबाट धारणा राख्दै समाजसेवी तारा कुमार श्रेष्ठले गोल्डेन सनराइज विद्यालयमा हुने हरेक प्रकारका शैक्षिक गतिविधिहरु अन्य विद्यालयको तुलनामा राम्रो रहेको आफ्नु अनुभव रहेको बताए । हरेक क्षेत्रमा अब्बल रहदै आएको भएपनि कम्प्युटर शिक्षालाई अझै प्रभावकारी बनाउनुपर्ने सुझाव दिए । 
प्याब्सन जिल्ला पदाधिकारी जनार्दन ढकालले यस विद्यालयले गर्ने हरेक कार्यक्रमको आफुले नजीक बाट अवलोकन गर्न पाएको बताउदै गोल्डेन सनराइज मा. वि. एक सफल विद्यालय रहेको बताए । 

विद्यालय प्रअ राजकुमार कार्कीले ३० वर्ष भित्रमा गोल्डेन सनराइजले शिक्षा क्षेत्रमा हासिल गरेका विषयहरु बारे चर्चा गरेका थिए । स्थापना काल देखि नै विद्यालयले प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउदै उनले गोल्डेन सनराइजमा अध्ययन गरेका विद्यार्थीहरु देश बिदेशमा पुगेर सिङ्गो गौरादहको नाम रोशन गरेको उल्लेख गरे । बिद्यालयमा जम्मा ३५ जना शिक्षक तथा कर्मचारी रहेको जानकारी गराउदै उनले शिक्षक, बिद्यार्थी र अभिभावकको संयुक्त प्रयासले मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने जनाए । 
 कार्यक्रममा ७ जना अब्बल विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियोे । 

कार्यक्रममा भुतपुर्व विद्यार्थी समाजका अध्यक्ष निगेस श्रेष्ठ, धिमधिमे युवा क्लब अध्यक्ष प्रवीण बस्नेत, गौरादह जेसीज अध्यक्ष खड्ग थापा, बिद्यालयका पुर्व संस्थापकहरु, शैक्षिक बौद्धिक व्यक्तिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यालय अभिभावक लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सोही अवसरमा विद्यालयमा अध्ययनरत ३ जना बिद्यार्थीलाई एक वर्ष सम्म निशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरिएको छ ।

विद्यालय अतिरिक्त कृयाकलाप शिक्षक सान नेपालको संयोजन तथा बिद्यालय निर्देशक गणेश कुमार श्रेष्ठको  सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह प्याब्सनका पुर्व उपाध्यक्ष, साहित्यकार तथा शिक्षक लक्ष्मी प्रसाद कोइरालाले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालय संयोजक रोहित आचार्यले गरेका थिए ।  

Views: