d

पेरियार: सङ्घर्ष र योगदान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

हाम्रो समाजको इत्तिहासमा भेदभाव तथा शोषणग्रस्त संस्कार र परम्पराको विरोध गर्ने अनेकौं बिचारकहरूले जन्म लिएका छन् । विभेद र शोषणको यो जालोको बिपक्षमा उभ्भिन त्यस्ता बागी बिचारकका कृति र जीवन यात्रा महत्वपुर्ण हुने गर्दछ। दुर्भाग्यवस जब्बरजस्त राजनैतिक संरक्षण पाएको शोषणवर्गले षडयन्त्रपूर्ण ढङ्गले त्यस्ता बिचारहरूलाई दबाएका छन् ।  

कुनैपनि समाजमा उद्भभव बिचार तथा क्रान्तिकारीहरूलाई दबाउनु या षड्यन्त्रपुर्ण ढङगले नस्ट गर्नुले  देश ,समाज र सिङ्गो मानव सभ्यतालाई हित गर्दैन।

प्रसङ्ग रामास्वामी पेरियारको हो ।
उत्तर हिंदीपट्टी भारतले दब्बाइएका पेरियार भारतको द्रविड तथा दलित आन्दोलनका एक महत्त्वपूर्ण व्यक्ति मानिन्छन् । 
भिडको हिस्सा नबन्ने, आफ्नो बाटो आँफै तय गर्ने पेरीयार जस्ता विचारकका सबै बिचारमा सहमत हुन आवश्यक छैन। यद्दपी उनको बिचारको प्रक्रिया तथा नयाँ समाजको सम्बन्धमा उनको मौलिक मान्यतालाई नि:संकोच सबैमा साझा हुनुपर्छ र खुल्ला चर्चा र बहस हुनुपर्छ ।

पेरीयारका बिचारलाई समत्व र सम्मानपूर्ण जीवन जिउने सवालमा निसन्देह आत्मसाथ गर्न सकिन्छ । यद्दपी भाषिक एवम प्रजातिय अलगाव , एक अलग राष्ट्रको माग जस्ता अतिबाद बिचारलाई पेरीयारलाई बुझ्दै गर्दा त्याग्नु पर्ने हुन्छ।

रामास्वामी पेरियारको जन्म १७ सेप्टेम्बर १८७९, मद्रासको इरोड भन्ने गाँउमा एक सम्पन्न व्यापारीको घरमा भएको थियो। जीवनको सुरुवाती क्षण देखिनै उनले जाति, धर्म तथा प्रजातिको आधारमा गरीने भेद्भाभाव देखेका स्वयं पेरीयारले नै कुरितिको समना गरेका थिए। जस्ले गर्दा बाल्यकाल देखिनै उनको ह्रदयमा  बहिस्करण बिरुद्ध बिद्रोहको अङ्कुरण भएको थियो।

छ बर्षको अवस्थामा सन् १८८४ मा औपचारिक शिक्षा आरम्भ गरेका पेरियारले पाँच कक्षा पश्चात पढाई छोडेर १२ बर्षको उमेरमा नै पिताको व्यवसायमा सामिल भएका थिए। उनको बिवाह सन १८९८ मा भएको थियो। बिवाह गर्दा उनको उमेर १९ बर्ष थियो भने उनकी श्रीमती नागम्माल १३ बर्ष कि थिइन् । पेरियारले आफ्नी श्रीमतिलाई पनि बहिस्करण बिरूद्ध शिक्षा दिएर रुढिबादबाट आजाद गराएका थिए ।

पेरीयार दम्पतिबाट छोरीको रूपमा एक मात्र सन्तानको जन्म भएको थियो । जो पाँच महिनाको उमेरमा मृत्युवरण गरेकि थिइन्। दुर्भाग्यबस : उनको बैवाहिक जीवनपनि लामो हुन सकेन, सन्तानको मृत्यु पस्चात केहि बर्ष मैं नागम्मालको मृत्यु भयो ।  तत्पस्चात ७४ बर्षको उमेरमा उनले दोस्रो विवाह गरेका थिए।

पेरियारको मातृभाषा कन्नड थियो।यद्दपी तमिल तथा तेलुगु भाषामा पनि उनको राम्रो दखल थियो | बाल्यकाल देखिनै आफ्नो परिवारमा बैष्णब सन्त द्वारा धार्मिक उपदेश तथा प्रवचन सुन्दै आएका पेरियारले बाल्यअवस्था मै ति धार्मिक मान्यताहरूमा धर्मको आधारमा हुने शोषण तथा भेदभावको मुल कारण पत्ता लगाइसकेका थिए। बाल्यकाल देखिनै उनी कथित : ढोङ्गी बाबाहरूको खिल्ली उठाउथे र संसारलाई बुझ्न तर्कर्शील पद्घति आफुमा  बिकास गराइसकेका थिए। 

यहि तर्कशीलता तथा निडर शैलीले उनको पितासँग अनबन भयो र सन् १९०४ मा उनले घर त्यागे र विजयवाडा, हैदरबाद, कोल्काता तथा काशीको यात्रामा निस्किए। यसै दौरान काँशीमा उनको जीवनमा एक अपमानजनक घटना घट्यो , जसले पेरियारको जीवनलाई पुर्ण बदलिदियो र एक बागी परियारको पुर्नजन्म भयो  |

काँशी भ्रमणको समयमा बिश्वनाथ मन्दिरमा उनले पारवन्ड तथा भेदभाव देखे। बाबुसँग अनबन भएर  यात्रामा निस्किएका परियारसँग पैसा थिएन। भ्रमण दौरान निशुल्क भोजन हेतु उनी एक ब्राम्हण धर्मशालामा बसेका थिए। उनी ब्राम्हण थिएनन् । त्यसैले एउटा जनै भिरेर उनी भोजनको लाइनमा बस्थे। एकदिन उनी यसरी नै लाइनमा खडा थिए । कथित ब्राम्हणहरुले अपमानित गरी उनलाई धक्का दिएर  निकालिदिए। सडक किनारमा उनी ढले। अपमान र भोको पेटले चिन्तित  युवा परियारले त्यो दिन ठुलो कष्ट सहन गर्नु पर्‍यो र अन्तत : उनले सडकमा फालिएको झुठो खाना खाएर पेट भरे।

भोजन गरीरहदा उनका आँखा धर्मशालाको भित्तामा पर्यो। धर्मशालाको भित्तामा , यो धर्मशालाको निर्माण दक्षिण भारतीय गैर ब्राम्हण धनिकले गरेको भनी लेखिएको थियो।

उक्ता भित्तेलेखन पढेपश्चात उनको खुन क्रोधले उम्लियो। उनलाई लाग्यो कि एकद्रविड सज्जनको दान द्वारा बनेको धर्मशालामा यति अपमान हुन्छ भने यस्तो धर्म र समाज कदापी मानवीय मुल्य र मान्यताका लागि कहिलै हितकारी हुदैन।

यो घटना ठिक त्यस्तै थियो, जस्तो ज्योतिफुले र अम्बेडकरले जीवनमा भोग्नु परेको थियो।

वर्ण र जातीयताको आधारमा हुने भेदभावले उनको अन्तरआत्मामा जब्बरजस्त असर पर्यो। उनले एक कठोर   एक मानवप्रति पशुतुल्य व्यवहार गर्ने कथित हिस्रक धर्म त्यागेर एक नास्तिकको रुपमा आजिवन संघर्ष  गर्ने तथा धर्म, जाति, लिङ्ग, भाषा तथा प्रजातिको आधारमा हुने भेदभावको सम्मुल नष्ठ गर्ने  कठोर निर्णय गरे।

यस घटना पस्चात, पेरीयारले स्वयम धनिक व्यापारि भएपनि आफ्नो पुरा जीवन  गरिव तथा शोषित वर्गको सेवामा सर्मपण गरे। उनीमा मानव मात्र प्रति प्रेम यति प्रगाढ थियो कि आफ्नो गाँऊमा फैलिएको प्लेग रोग द्वारा ग्रसित बिरामीको सेवार्थ आफ्नो स्वास्थ्यको समेत ख्याल गरेनन् । 

उनको मानव सेवाभावप्रति निस्ठा र समर्पणबाट प्रभावित भई ब्रिटिश सरकारले उनीलाई मजिस्ट्रेट बनाए। मजिस्ट्रेट बाहेक उनले अन्य कयौं समाजिक पदमा रहेर व्यापकढङ्गमा समाज तथा समाजका विविध समस्यालाई सुक्ष्म अध्ययन गरे। यात्राको दौरान उनीले कयौं विद्वान् तथा क्रान्तिकारीहरू सँग साक्षात्कार गर्ने अवसर पाए।

उनले तात्कालिन महिला बिरोधी कथित हिन्दुभेषी मान्यतालाई चुनौति दिंदै आफ्नी बाल-बीधुवा बहिनीको पुन: बिवाह गराए । तत्कालिन समाजका लागि त्यो निकै ठुलो बिद्रोह थियो।

पेरियारले भेदभाव रहित न्यायिक समाज निर्माणर्थ  अनेकौ समाजिक आन्दोलनको नेतृत्व गरे। वाईकोम सत्याग्रह (१९२४ -२५), आत्मसम्मान आन्दोलन (१९२५ ) आदि। १९२९ -३२ मा उनीलाई युरोप तथा सोभियत संघको भ्रमण गर्ने अवसर मिल्यो जसले उनलाई  बिद्रोह र आन्दोलनलाई एक राजनैतिक तथा समाज निर्माणमा रूपान्तरण गर्ने प्रेरणा मिल्यो। जस्टिस पार्टि तथ द्रविड कषगम पार्टि त्यसैको नतिजा थियो। दक्षिण भारतको राजनितिमा एक नयाँ बिचारधारा निर्माण गरी उनले भाषा, धर्म, वर्ण, जाति तथा लिंगको आधारमा हुने भेदभावलाई अन्त्य गर्न जन-संगठन तथा व्यापक जन-जागरणको थालनी गरे । भारतको इतिहास यो एक दुर्लभ कार्य  थियो।

पेरीयार एक बिद्रोही थिए। संस्कार, परम्पराहरूले बोकेका सबै मान्यता तर्कको तराजुमा नराखी मान्नुपर्छ भन्ने मान्यताको सक्थ विरोधि थिए। पेरीयारमा राजनितिक रूपमा केहि अलगाव भावना पनि थियो, तथापी जुन मुल्य र मान्यताका हेतु उनले आफ्नो जीवन समर्पित गरे, त्यो एक समाज सुधारकका निम्ति सधैं अनुसरण योग्य थियो। कथित भारतीय हिन्दु समाजमा ब्याप्त ब्राम्हणबाद द्वारा निर्माण गरीएको भेदभावपूर्ण समाजको प्रति बिद्रोह नै उनको जीवनको एकमात्र ध्येय थियो।

ब्राम्हण र गैरव्राम्हण विचको भेद एवम : शोषण उनलाई मन्जुर थिएन। उनलाई दलित तथा महिला शोषण पनि मन्जुर थिएन। फलस्वरूप : उनी तात्कालिन राजनैतिक बृत्तमा एक सशक्त  दलित राजनितिका पर्यायको रूपमा स्थापित भए। तमिल तथा द्रविड प्रजातिको सम्मान प्रति अतिग्राहले उनको हृदयमा  पैदा भएको अलगावबादी बिचार प्रति असहमत वा सहमत हुन सकिन्छ। परन्तु यदि जात, धर्मको आधारमा गरीने शोषण र दमन यथावथ रहे , बिभेदपुर्ण समाजबाट मुक्तिको सबै बाटो बन्द भए, परीयारद्वारा निर्देशित अलगावको बाटोलाई पनि न्यायोजित बिकल्प मान्न सकिन्छ।

आजको समाजमा भाषा, जाति या प्रजातिको आधारमा अलग देश, अलग धर्मको माग दुबै बिभेदरहित समाज निर्माणको बिकल्प मान्न सकिन्न।यद्दपी कुनै खास समाजमा अलगावको भावना पैदा हुनुमा त्यो समाज मात्र दोषि हुदैन। अलगावलाई प्रेरित गर्ने समाजको सांस्कृतिक बर्चस्वबादी सोच र त्यसको परिफेरी निर्माण भएको समाजिक मुल्य र मान्यता पनि त्यति नै दोषि रहन्छ।

आफ्नो नाम मै राम भएका एक सम्पन्न बैष्णब परिवारमा जन्मिएका रामास्वामी पेरियार कालान्तरमा सच्ची रामायण जस्तो बिद्रोही पुस्तकको रचयिता बन्नु र अलगावको  विचार सम्म पुग्नु त्यहि बिभेदपुर्ण समाज नै साधन थियो ॥ तसर्थ पेरियारको जीबन र उनको अलगाब बिचारलाई शोषित र शोषक दुबैपक्षलाई मध्यमार्ग पहिल्याउन दबाबको रूपमा अनुसरण गर्न भने सकिन्छ ।

 

धार्मिक आडम्बर र सामाजिक तथा राजनीतिक विकृति विरुद्ध खरो कलम चलाउने प्रशान्त पुष्प रिजाल गौरादह, झापा निवासी हुनुहुन्छ । 

Views: